Skip to content

२ देखि ५ करोडसम्मको कर्जामा बढी एनपीएल भयोः गभर्नर प्रा.डा. पौडेल

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले २ करोडदेखि ५ करोडसम्मको कर्जामा एनपीएल बढी भएको बताएका छन् ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको आगामी आवको मौद्रिक नीतिकाे छलफलका क्रममा उनले यस्तो बताएका हुन् । वित्तीय नीतिले देखाएको बाटोमा मौद्रिक नीति हिँडेको भए याे अवस्था  आउँदैन थियाे यसमा धेरैले ध्यान दिन आवश्यक रहेकाे  उल्लेख गरे । देशलाई कुन पोलिसीले डोमिनेट गर्छ भन्ने कुरा पनि हेरिने बताए ।

देशको नीति, देशको आर्थिक भविश्य के हुन्छ भन्ने कुरा भएन भने त्यसले समस्या पर्ने बताए । त्यसले पनि मोनिटरी पोलिसीमा नै एकदमै धेरै चासो बढेको बताए । उनले मौद्रिक नीतिले वित्त नीतिलाई एकदमै राम्रोसँग सपोर्ट गर्न भनेर अगाडि बढेको थियो भने सायद धेरै चासो पनि नहुने बताए ।

उनले अहिले जसले ऋण लिनुपर्ने हो उनीहरुले ऋण नलिएको उल्लेख गरे । जुन रुपमा देशको विकास हुनुपर्ने हो, आर्थिक गतिविधिहरु अगाडि बढ्न पर्ने हो त्यो नभएको उनको गुनासो छ । ‘हामीले केही पोलिसीहरु राम्रो सुरु गर्यौ । कृषिमा डिरेक्टेड लेन्डिङको पलिसीहरु आए’ उनले भने ‘तर त्यो क्षेत्र सस्टेन भएन ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi