Skip to content

५१ करोड ६२ लाख खर्चेर ग्रामीण सडक कालोपत्रे गरिँदै

nabil bank

भोजपुर । यहाँको षडानन्द १२–तुर्के पुल–साम्पाङ– फाली सडक धमाधम कालोपत्रे भइरहेको छ । कोशी प्रदेश सरकारले ५१ करोड ६२ लाख खर्चेर थालेको कालोपत्रेको काम ८५ प्रतिशत पूरा भएको छ ।

पूर्वाधार विकास कार्यालय प्रमुख राजनराज रेड्डीका अनुसार अस्फाल्ड प्रविधिबाट कालोपत्रे भइरहेको छ । हालसम्म ११ किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी नौ किलोमिटर पनि यसै महिना पूरा गर्ने गरी युद्धस्तरमा काम जारी छ ।

सडक कालोपत्रे हुन थालेपछि उत्तरी क्षेत्रका नागरिक उत्साहित भएका छन् । यो सडक २०८२ कात्तिकमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime