Skip to content

टिमुरे भन्सारमा विद्युतीय गाडीको बिजोक (फोटोफिचर)

काठमाडौं । रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीमा थुप्रै सवारीसाधन बगेका छन् । बाढीले बगाएकामा व्यवसायीले चीनबाट ल्याएका नयाँ ईभी बढी छन् ।

भन्सार जाँचपास गर्न बाँकी गाडीहरु भन्सार यार्डमा राखिएका थिए। एक्कासि ठूलो बाढी आउँदा ती गाडी बगेका हुन्। नबगेका गाडी पनि हिलोमा डुबेका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको जनाएको छ।

अध्यक्ष करण चौधरीले विज्ञप्ति जारी गर्दै जनधनको ठूलो क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्।

यसले भन्सार परिसरमा रहेका निर्माणाधीन सुक्खा बन्दरगाह, पार्किङमा रहेका कन्टेनरहरु समेत बगाएको छ। यस कठिन घडीमा हामी सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौं,’ उनले भनेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima