काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटलमा बाँडफाँट भएको हो ।
आईपीओमा माग भन्दाबढी आवेदन परेका कारण गोलाप्रथा माफत बाँडफाँट गरिएको थियो । जसमा २ लाख ९४ हजार २७६ जना आवेदकहरुले १० कित्ताका दरले आवेदन दिएका थिए ।
आईपीओमा २१ लाख ५० हजार ६७२ जना आवेदकहरुले २ करोड ६१ लाख ४८ हजार ३५० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २० लाख ४३ हजार ६८६ जना आवेदक योग्य भएका थिए । जसमा १८ लाख ५६ हजार ३९६ जना आवेदकको हात खाली भएको छ ।
कम्पनीले सर्वसाधारणमा २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो । आईपीओको नतिजा बिक्री प्रबन्धकको वेवसाइट, विकास हाइड्रोको वेवसाइट, मेरो सेयर र आईपीओको नतिजा थाहा पाउन बनाएको वेवसाइटबाट हेर्न सकिने छ ।






प्रतिक्रिया दिनुहोस्