Skip to content

राष्ट्र बैंकदेखि धितोपत्र बोर्डसम्मलाई अर्थ मन्त्रालयको निर्देशन : विद्युतीय प्रणाली भुक्तानि गर्नुस्

nabil bank

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक देखी धितोपत्र बोर्डसम्मलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्न निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र नै जारी गरेको छ ।

अर्थमन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार परिपत्र जारी गर्दै निर्देशन दिएको हो ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime