Skip to content

कर्जा लगानी नहुँदा राष्ट्र बैंकको भरमा बैंकिङ क्षेत्र, १ वर्षमा २१२ खर्ब स्थायी निक्षेप प्रशोचन

nabil bank

काठमाडौँ । पछिल्लो केही वर्ष यता अर्थतन्त्रमा देखिएको सुस्तताको कारण कर्जा लगानी नभए पछि तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको भरमा परेका छन् । बजारमा कर्जाको माग नभएको कारण बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले दिएको स्थायी निक्षेप सुविधाको प्रयोग गरेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १२ महिनामा बैंक तथा वित्तीय संस्थाबाट स्थायी निक्षेप सुविधा मार्फत २१२ खर्ब रुपैयाँभन्दा धेरै पैसा खिचेको छ । राष्ट्र बैंकले बैंक चालु आर्थिक वर्षको १२ महिनाको २६ गतेसम्म तथा वित्त संस्थाबाट चालु आवको २१२ खर्ब ३१ अर्ब ८० करोड रुपैयाँ प्रशोचन गरेको हो । उक्त निक्षेपको ब्याजदर ३ प्रतिशतको हाराहारीमा रहेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १४८ पटक स्थायी निक्षेप प्रसोचन गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंकले ब्याजदर कोरिडोर प्रभावकारी कार्यान्वयन गर्न भन्दै मौद्रिक नीतिबाट ब्याजदर कोरिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिने गरेको छ । उक्त सुविधाको उपयोग गर्दै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निक्षेप राखेका हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime