काठमाडौं । सांसद चन्द्र बहादुर विश्वकर्माले सरकारले गरिब जनताको लागि बिना धितो २० लाख रुपैयाँसम्मको ऋण लिन मिल्ने व्यवस्था गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गरिब जनतालाई व्यवसाय गर्न २० लाख रुपैयाँसम्मको कर्जा बिना धितो दिन सक्ने व्यवस्था गर्न माग गरेका हुन् ।
‘हाल सरकारले गरिब जनताको लागि भनेर ल्याएको राहत बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने गरेको छ ।’ उनी भन्छन्,‘यसरी दिएको राहत जनताले बिना धितो पाउँदैन्न । धितोमा राख्न हुनीहरूसँग पर्याप्त श्रोत हुँदैन ।’
जनतासम्म सरकारको राहत सहजरुपमा नपुग्दा मिटर ब्याजमा कर्जा लिएर जीविकोपार्जन गर्न जनता बाध्य भएको उनले बताए । उनले सरकारले बैंकहरुलाई २० लाखसम्म ऋण एउटा तमसुकको आधारमा दिन आग्रह गरेका हुन् ।






प्रतिक्रिया दिनुहोस्