Skip to content

सेयर बजारको उत्साह एकदिन पनि टिकेन, नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

काठमाडौं । मौद्रिक नीति पछि सेयर बजारमा देखिएको उत्साह एक दिन पनि टिकेन । आइतबार बढेको सेयर बजार सोमबार भने घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३५.०९ अंक घटेर २७२५.७१ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ६.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार करिब साढे ११ अर्ब रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा सोमबार ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

सोमबार १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ । बाँकी एक उपसमूहको परिसूचक बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको हो। बैंकिङ उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार माई खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.९० अंक प्रतिशत बढेको छ। त्यस्तै, यस दिन १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ।अन्य कम्पनीको मूल्य वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य यस दिन ४.४६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ८८ लाख ५३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब साढे ३९ करोडको सेयर किनबेच भएको छ भने सानिमा बैंकको कारोबार रकम २४ करोड ७५ लाख रुपैयाँ नाघेको छ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi