Skip to content

एनआइसी एसिया बैंकका ग्राहकलाई इ–स्टप नेपालमा १० प्रतिशत छुट

काठमाडौं । एनआइसी एसिया बैंक र इ–स्टप नेपालबीच रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।

सो सम्झौताअनुसार इ–स्टपले उपलब्ध गराएका रेष्टुरेन्टमा बैंकका ग्राहकले खानामा १० प्रतिशत छुट पाउने भएका छन्। त्यस्तै, चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट पाउनेछन्।

इ–स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सकिने छ।

ग्राहकले बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima