Skip to content

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरीबल हल्चोक नेपाललाई उद्धार सामग्री हस्तान्तरण

nabil bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल हल्चोक नेपाललाई एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका बरिष्ट प्रहरी अधिकृत तथा कम्पनिका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवी फुयाल र प्रमुख बजार अधिकृत गणेश चौलागाई समेतको उपस्थितिमा उक्त हस्तान्तर ण कार्यक्रम सम्पन्न रहेको थियो ।

उक्त कार्यक्रममा आफनो धारणा राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले ‘सशस्त्र प्रहरी बल देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा मुख्य भूमिकामा रहँदै आएको सुरक्षा निकाय हो र बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित छ, त्यसैले यस अभियानमार्फत विपद्पछिको मात्र होइन, पूर्व तयारीमा पनि सशक्त भूमिका खेल्नुपर्दछ भनेर कम्पनीले आपतकालीन जोखिम व्यवस्थापनमा योगदान गर्ने उद्देश्यका साथ उक्त सामाग्री उपलब्ध गरिएको जानकारी गराए ।

साथै भबिष्यमा आबश्यकता अनुसार सहकार्य गर्दे जान सकिने जानकारी गराए। सन नेपाल लाइफले १४२ शाखा तथा उपशाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरुमा पनि सामाजिक हितका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime