Skip to content

प्रिओपन सेसनमा नेप्से झिनो अंक घट्यो

काठमाडौं । प्रिओपन सेसनमा मंगलबार नेप्से परिसूचक झिनो अंक घटेको छ ।
सोमबार ३५.०९ अंक घटेर २७२५.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०७ अंक घटेर २७२५.६३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक घटेको छ।

आज प्रिओपन सेसनमा ४४ स्टकको ७२ पटकको कारोबारमा ५२ करोड २१ लाख ३६ हजार ३६६ रुपैयाँबराबरको ५ लाख ३७ हजार २८१ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima