Skip to content

सेबोनले हाइड्रोपावरको आईपीओ निष्कासन रोक्नुहुँदैन : सभापति देउवा

nabil bank

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सेबोनले आईपीओ निष्कासन रोक्न नहुने बताएका छन् । सेबोनले आईपीओ निष्कासन रोकेको आफूले सुनेको उल्लेख गरे । उनले आईपीओ रोक्न नहुने बताए । इप्पानको २३ औं वार्षिक साधारणसभा उनले यस्तो बताएका हुन् ।

कांग्रेसका सभापतिसमेत रहेका देउवाले निजी क्षेत्रले पीपीए गर्न नपाएको, आयोजना बनाउन नसकेको भन्ने गुनासो बढेको आफूले सुनेको बताए ।

निजी क्षेत्रलाई लगानी गर्न दिनुपर्ने उनको भनाइ छ । देउवाले आफू प्रधानमन्त्री भएको बेला ४९ मेगावाट विद्युत बिक्रीका लागि सम्झौता गरेको जानकारी गराए ।

कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले अहिले लोडसेडिङ नभएको तर ट्रिपिङका कारण कतैकतै बत्ती गएको भएको बताए ।

उनले आयोजनाको अवस्था हेरेर आरसीओडीको समय थपिने बताए । मन्त्री खड्काले मुलुकको हितअनुसार कानुन बनाउने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime