Skip to content

रोशी किनारको बस्ती जोगाउन के गर्दैछ स्थानीय सरकार ? (फोटो फिचर)

nabil bank

काठमाडौं । गत वर्ष असोजमा रोशी खोलामा आएको बाढीले तहसनहस भएको बस्ती अहिले पनि जोखिममा छ । बर्खा लागेसँगै खोला किनारका बासिन्दा त्रसित छन् ।

रोशी किनारको बस्ती जोगाउन स्थानीय सरकारले अहिले धमाधम तटबन्ध बनाइरहेको छ । पनौती नगरपालिका–१२ मा पर्ने यो क्षेत्रमा जोखिम न्यूनीकरण गर्न वडास्तरबाट तटबन्ध निर्माण थालिएको हो ।

पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी (खत्री) का अनुसार खोलाको बहाव नियन्त्रण गर्न र आसपासका बस्ती सुरक्षित गर्न खोला गहिरो बनाएर तटबन्ध बनाउने काम भइरहेको छ ।


सुरुमा डिजिटल नक्साबाट खोलाको सीमा छुट्याएर बढी जोखिमयुक्त स्थानलाई प्राथमिकता दिई तटबन्ध बनाउने काम भइरहेको उनले बताए ।

तटबन्ध निर्माणका लागि १ करोड ८० लाख रूपैयाँ बजेट छुट्याइएको छ । आगामी वर्षको बजेटमा रोशी करिडोरको काम सुरु हुने र यसका लागि ५ करोड बजेट रहेको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime