Skip to content

गाः हिटी पुनर्निर्माण गर्दै काठमाडौं महानगरपालिका (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा- २६ मा अवस्थित गा: हिटीको पुनर्निर्माण गरिरहेको छ ।

महानगरको सम्पदा तथा पर्यटन विभाग अन्तर्गत पुनर्निर्माणको काम भइरहेको छ । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको हिटीको अवस्था निकै जीर्ण भएकाले यसलाई पुरानै स्वरूपमा जगेर्ना गर्न उपभोक्ता समितिको नेतृत्वमा काम भइरहेको हो।

ठमेल गास्हिटी परिवार उपभोक्ता समितिको संयोजनमा पुरातात्त्विक इँटाको प्रयोग गरी भुइँ निर्माण गरिनुका साथै काठको काम र रंगरोगन गरिँदैछ ।

परियोजनको कुल सम्झौता रकम भ्याट र ओभरहेड बाहेक ७३ लाख ३३ हजार रहेको छ। २०७८ फागुन ६ गते सम्झौता भएकोमा २०८२ फागुन ६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

तस्बिर: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima