Skip to content

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

मंगलबार ३४.४६ अंक बढेर २७६०.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५९ अंक घटेर २७५९.५८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंक घटेको छ।

बुधबार प्रिओपन सेसनमा ६८ स्टकको १०८ पटकको कारोबारमा २ करोड २५ लाख १५ हजार २०५ रुपैयाँ ५० पैसाबराबरको ८९ हजार ३९३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने ३५ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima