Skip to content

हिमस्टार ऊर्जाको आईपीओ बाँडफाँट

nabil bank

काठमाडौं । हिमस्टार ऊर्जा कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बुधबार सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको कार्यालय थापाथलीमा आईपीओ बाँडफाँट भएको गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७३ लाख ९७ हजार ५ सय रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर गत असार २४ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

उक्त सेयरमा कुल २० लाख ४४ हजार ४५६ जनाले २ करोड ४० लाख १३ हजार ९७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १९ लाख २८९ आवेदन स्वीकृत भएको छ । यता १ लाख ४९ हजार ८० आवेदन रद्द भएका छन्।

कम्पनीको आईपीओ १० कित्ताको दरले ७७ हजार ३९२ जनाले हात पारेका छन् । यता ५ भाग्यशाली लगानीकर्ताले भने ११ कित्ताको दरले सेयर प्राप्त गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime