Skip to content

ब्रोकरले मार्जिन कारोबार गर्न पाउने, पुँजी नपुगेका २३ ब्रोकरलाई ९ महिना समय थप

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चुक्ता पुँजी नपुर्याएका २३ वटा ब्रोकर कम्पनीलाई चैत मसान्तसम्म पुँजी पुर्याउन समय दिएको छ ।

धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (छैठौं संशोधन) नियमावली, २०८२ जारी गर्दै ब्रोकरलाई पुँजी पुरुयाउने समय ९ महिना थप गरेको हो ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को नियम १० मा संशोधन गर्दै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ जारी गरी ‘मूल नियमावली भनिएको) को नियम १० को उपनियम ९१० को प्रतिबन्धात्मक वाक्यांशमा रहेका “सम्वत् २०८२ साल असार मसान्तभित्रू भन्ने शब्दहरूको सट्टा ‘सम्वत् २०८२ साल चैत्र मसान्तभित्र’ भन्ने शब्दहरू राखिएका छन् ।

बोर्डले उक्त नियमावली संशोधन गरेर ब्रोकरको पुँजी पुर्याउने समय ९ महिना बढाउन माग गरेको थियो । अर्थ मन्त्रालयले उक्त नियमावली स्वीकृत गरेसँगै बोर्डले लागू गरेको छ । बोर्डका अनुसार २३ वटाको पुँजी अझै पुग्दैन् । पुँजी नपुग्ने ब्रोकरमा एबिसी सेक्युरिटिज, अरण सेक्युरिटिज, एशियन सेक्युरिटिज, क्रियटिभ सेक्युरिटिज, क्रिस्टल कन्चजंघा सेक्युरिटिज, दिब्या सेक्युरिटिज, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल, कालिका सेक्युरिटिज, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ, मार्केट सेक्युरिटिज, मिदास स्टक ब्रोकिङ, नेपाल स्टक हाउसको पुँजी पुगेको छैन ।

यस्तै ओपल सेक्युरिटिज इन्भेष्टमेन्ट, प्रज्ञान सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, सेक्योर्ड सेक्युरिटिज, सेवा सेक्युरिटिज, सिल्पा सेक्युरिटिज, साउथ एसियन बुल, श्री हरि सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, स्वेता सेक्युरिटिज र त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी रहेको छ । यी कम्पनीको पुँजी २० करोडभन्दा कम छ । २३ मध्ये अधिकांश कम्पनीको ब्रोकरको पुँजी १० करोड भन्दा कम छ ।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई २०७९ भदौ २९ गते पाँचौ संशोधन गर्दै ब्रोकर कम्पनीको चुक्ता तोकेको थियो । नियमावलीको अनुसूची ९ मा सीमित कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी २० करोड, पूर्णकार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । बोर्डले जारी गरेको नियमावली अनुसार बोर्डले तोकेको पुँजी पुगेका सबै ब्रोकरले मार्जिन कारोबार गर्न पाउने भएका छन् ।

मूल नियमावलीको नियम २७ मा संशोधन भएको छ । मूल नियमावलीको नियम २७ को, (१० उपनियम (१० को खण्ड (ग) को सट्टा खण्ड ९ग० राखिएको छ । जसमा (ग) खण्ड (क) बमोजिमको कार्य गर्ने धितोपत्र दलालले सम्बन्धित ग्राहकको नामबाट ग्राहकको आदेश अनुसार धितोपत्र खरिद वा बिक्री गर्न, प्रचलित धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली बमोजिम निक्षेप सदस्यले गर्ने कार्य गर्न, मार्जिन कारोबार सम्बन्धी कार्य गर्न र धितोपत्रको राफसाफ सदस्य सम्बन्धी कार्य गर्न सक्नेछू भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi