Skip to content

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गर्‍यो बेटर नेपाल संस्थालाई ५ लाख रुपैयाँ सहयोग

nabil bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पिंगलास्थान, काठमाडौंमा रहेको बेटर नेपाल संस्थालाई विद्यालय सञ्चालन गर्न ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बेटर नेपालले सञ्चालन गरेको बाल सारथिले अनाथ तथा अति विपन्न वर्गका बालबाकालिकाहरुलाई शिक्षाको अवसर दिलाउँदै आएको छ ।

बुधवार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रभु इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले बालसारथी संस्था सञ्चालन गर्ने बेटर नेपालकी अध्यक्ष डा. माला खरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै इन्सुरेन्सका सिइओ प्रसाईँले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरूलाई कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।  कम्पनीले अति आवश्यक क्षेत्रको पहिचान गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग र सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी बेटर नेपालकी अध्यक्ष खरेलले अनाथ तथा अति विपन्न वर्गका विद्यार्थीहरूको पढाइलाई संस्थाले व्यहोरे पनि सो खर्चको स्रोत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स जस्ता सहयोग संस्थाहरू र मनकारी व्यक्तिहरूको सहयोगले गर्दा नै निरन्तरता दिन सकिएकाले धन्यवाद व्यक्त गरिन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime