Skip to content

ढुवानी क्षेत्रमा आधुनिकीकरण भित्र्याउँदै सारथी लजिस्टिक्स

काठमाडौं । प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथी लजिस्टिक्सले नेपालभर आफ्नो सेवा सुरु गरेको छ ।

आधुनिक प्रविधि र पारदर्शिता मार्फत नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँ स्तरको सेवा प्रदान गर्ने सारथीको लक्ष्य रहेको जनाएको छ । स्वयम्भू ठूलोभ¥याङ, काठमाडौंमा मुख्य कार्यालय रहेको सारथीले नारायणघाट, बिरगंज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, ईटहरी र धनगढीमा शाखा कार्यालयहरू सहित १५ स्थानबाट सेवाको सुरुवात गर्दैछ । जसले गर्दा नेपालभर प्रभावकारी सेवा पुग्ने जनाइएको छ ।

सारथीले आंशिक तथा पूर्ण ट्रक लोड सेवा, कुरीयर तथा पार्सल डेलिभरी, फ्लीट म्यानेजमेन्ट, वेयरहाउसिङ र वितरण, रिभर्स लजिस्टिक्स लगायतका सेवा प्रदान गर्नेछ ।

ग्राहकहरुले मोबाइल एप वा वेबसाइटमार्फत सजिलै ट्रक बुकिंग, रियल–टाइम ट्र्याकिङ र पारदर्शी सेवा प्राप्त गर्न सक्नेछन् । ‘नेपालमा ढुवानी व्यवसायलाई प्राविधिक, पारदर्शी र सहज बनाउन सारथी स्थापना गरिएको हो’, सारथीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले भने, ‘हाम्रो लक्ष्य ढुवानी क्षेत्रलाई व्यवस्थित गर्दै व्यवसाय तथा आम उपभोक्तालाई भरपर्दो सेवा प्रदान गर्नु हो ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi