Skip to content

नाइमा मोबिलिटी दुई र चारपाङ्ग्रे सवारी साधनको शो, सस्तो ब्याजदरमा गाडी किन्नेलाई उपयुक्त अवसर: संयोजक शिरिष मुरारका

nabil bank

नेपालीहरूको महान चाडपर्व दसैं, तिहार, छठ आउँदैछ । गाडी व्यापारीहरूको कुम्भ मेला पनि चाडपर्वको संघारमा सुरु हुँदैछ । साउन २१ देखि २५ गतेसम्म सुरु हुने नाइमा मोबिलिटी शोबाट कतिपय गाडी व्यापारीले विभिन्न खालको अफरहरूसमेत सार्वजनिक गर्ने तयारी गरेका छन् ।

शोबाट सुुरु हुने अफर दसैं, तिहार तथा छठसम्म पनि कायम राख्ने छन् । यो शो अफरका लागि मात्रै नभएर दुई तथा चारपाङ्ग्रे सवारीका पारखीका लागि नयाँ मोडल छनोट गर्ने माध्यम हुनेछ ।

शो सुरु हुन अब तीन साता बाँकी छ । नाइमा मोबिलिटी शोमा ईभी वा आइस गाडीको बाहुल्य होला ?  शोमा जानेले यो पटक नयाँ के पाउँछन् ?  शोमा नयाँ के कस्ता सवारी साधान आउँदैछन् ? यी र यस्तै विषयमा हामीले नाइमा मोबिलिटी शोका संयोजक शिरिष मुरारकासँग कुराकानी गरेका छौं । मुरारकालाई लगानी न्यूज प्रतिनिधि सोभित थपलियाले सोेधेका छन्:

नाइमा मोबिलिटी शो आयोजना गर्दै हुनुहुन्छ, तयारी कस्तो छ ?

नाइमा मोबिलिटी शो, सवारी साधानको प्रदर्शनी मात्रै नभई यससम्बन्धी शिक्षा,  ट्राफिक नियमलगायतका चारवटा कार्यक्रम राखेका छौं । काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनीको तयारी भइरहेको छ । हालसम्म स्टल बाडँफाँट भएर
अहिले स्टल निर्माण जारी छ ।

प्रदर्शनीमा दुईपाङ्ग्रे सवारी साधनका लागि १७ वटा स्टल, चारपाङ्ग्रेका २१, व्यावसायिक सातवटा र तीनपाङ्ग्रे सवारीका लागि पनि स्टल छुट्याइएको छ । प्रदर्शनीमा बैंक र बीमा कम्पनीको पनि सहभागिता हुनेछ । सबै कम्पनीले बैंक
तथा बीमा कम्पनीसँग समन्वय गर्नुहुनेछ ।

नाइमा मोबिलिटी शोमा कतिवटा ब्रान्ड सहभागी हुँदैछन् ?

शोमा सबै मिलाएर ५० वटा ब्रान्डको सहभागिता रहन्छ ।

कतिवटा पनि सार्वजनिक गर्दैै हुनुहुन्छ ?
नयाँ ब्रान्ड कति आउँदै छन् भन्ने तथ्याङ्क संकलन भइरहेको छ । यद्यपि यसबारे केही जानकारी आइसकेको छैन । तर, व्यावसायिक सवारी भने केही आउने जानकारी छ । विगतका वर्षमा हुने प्रदर्शनीमै नयाँ ब्रान्ड आउँथे, केही समयपछि ब्रान्ड नै

हराउने समस्या थियो । यस प्रदर्शनीमा त्यस्तो हुन्छ कि हुँदैन ?

अहिले नाइमासँग जुन ब्रान्ड जोडिएका छन् ती सबै त्यो ब्राण्डलाई लाउने ग्रुपहरू हेर्दा यस्तो नहुनुपर्ने जस्तो लाग्छ । प्रदर्शनीमा राम्र्रा ब्रान्डकै प्रतिस्पर्धा हुने देखिएको छ ।

नाइमा मोबिलिटी शोका मुख्य आकर्षण के हुन्छ ?

हामी योपटक नयाँ संस्था प्रदर्शनी गर्न लागेका छौँ । प्रदर्शनीमा भविष्यमा आउने नयाँ मोडलका सवारीबारे पनि जानकारी पाइनेछ । कतिपय दसैंमा आउने नयाँ गाडी पनि सार्वजनिक हुनेछन् । त्यसबाहेक ट्राफिक नियम, कानुन, सडक
सुरक्षाका विषयमा पनि छलफल हुनेछ । प्रदर्शनीलार्ई अधिकतम हित हुने गरी आयोजना गर्ने हाम्रो योजना छ ।

प्रदर्शनीमा विद्युतीय सवारी बढी देखिन्छन् कि आइसको बढी देखिन्छन् ?

प्रदर्शनीमा दुवै सवारी साधानहरू देखिन्छन् । त्यति मात्रै नभएर हाइब्रिड मोडलहरू पनि रहनेछन् ।

सवारी साधान बुक गर्नेलाई केही अफर ल्याउनुभएको छ ?

विभिन्न कम्पनीहरूले आफ्नै अफर ल्याएका छन् । यसपटक दसैं, तिहार, छठको अफर नाइमा मोबिलीटी शोबाटै सुरु हुनेछ ।

नाइमा मोबिलिटी शोमा आउनेलाई के भन्नुहुन्छ ?

यो शो हुने भएपछि सबैको चासो भनेको दुई र चारपाङ्ग्रे सवारी साधनमा छ । यस पटकको शोमा गाडी र बाइक, तथा स्कुटरहरू मात्रै हुन्छ । अझभन्दा सवारी साधान मात्रै हुन्छन् । शोमार्फत नै सबैले दसैंको अफर ल्याउँछन् । अघिल्ला
वर्षहरूको शोभन्दा यो पटक केही फरक नै हुनेछ । यो चार र दुई पाङग्रे सवारी साधानको शो हो । यहाँ पार्टपुर्जा हुँदैनन् ।

प्रदर्शनीमा सवारी बुक गर्ने र पछि रद्द गर्ने चलन पनि छ नि ?

विश्वका धेरै सहरमा शो हुने गरेका छन् । शोमा बुकिङ हुनु स्वाभाविक हो । शो मा गाडी हेर्दा राम्रो लाग्छ, गाडी राम्रो लागेपछि बुक गर्नुहुन्छ । खरिद गर्ने समयमा कतिपयलाई वित्तीय अवस्थाले धान्दैन । कतिपयले पछि लिने भनेर पनि
छोडनु हुन्छ । कतिपयले शोमा धेरै गाडी बुक गर्नुहुन्छ । सबै किन्न  सुक्नुहुन्न । कुनै व्यक्तिले तीनवटा गाडी बुक गर्यो भने एउटा वटा किन्ने हो । दुई वटा त रद्द नै हुन्छ । कतिपय अवस्थामा शोमा मात्रै नभएर शोरुममा पनि बुक भएका गाडी पनि नकिनेको अवस्था हुन्छ । यद्यपि त्यस अवसरमा गाडी बुक गर्नेले अहिले सस्तो ब्याजदरमा पाउनुहुनेछ । अहिले बैंकको ब्याजदर घटेको छ। घट्दो ब्याजदर गाडी किन्न सकिन्छ ।

नेपालमा पछिल्लो समय विद्युतीय सवारीको आयात बढेको छ, यसलाई तपाईंहरूले कसरी विश्लेषण गर्नुहुन्छ ?

नाइमाले विद्युतीय वा आइस भनेर हेर्दैन । नेपालमा आएका विद्युतीय सवारीमा धेरै ब्रान्ड आएको ५/६ वर्ष भइसकेको छ । विद्युतीय सवारीले पनि गुणस्तर प्रमाणित गरिसकेका छन् । भारतमा पनि विद्युतीय सवारीको माग राम्रो छ । यी
दुवै सवारीको भविष्य राम्रो छ । दुवैको आ–आफ्ना विशेषता छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime