काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले काठमाडौंको चावहिलमा ७५ करोड ८१ लाख ६० हजार रुपैयाँको जग्गा किनेको छ ।
कम्पनीले व्यवसायीक प्रयोजनका लागि किसनलाल श्रेष्ठ र धुर्व कुमारी श्रेठको नाममा रहेको २१ सय २६ वर्ग मिटर र सुन्दर कुमार श्रेष्ठको नाममा रहेको १७२.८६ र किसन लाल श्रेष्ठको नाममा रहेको १२२७.१४ वर्ग मिटर जग्गा किनेको छ ।
कम्पनीले समग्रमा ३६८८.२० वर्ग मिटर जग्गा किनेको जनाएको छ । जग्गाको मूल्य ७२ करोड र रजिष्ट्रेशन शुल्क ३ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्