Skip to content

अरूण तेस्रो आयोजनाबाट सङ्खुवासभावासीलाई लाभ पुग्छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा आउने भएकाले सङ्खुवासभावासीलाई लाभ पुग्ने बताए ।

गृहजिल्ला सङ्खुवासभा पुग्नुभएका मन्त्री खड्काले आज सर्वदलीय बैठक तथा स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलमा ऊर्जा क्षेत्रमा सङ्खुवासभा जिल्लाभित्र निर्माणाधीन अरूण तेस्रो आयोजना छिट्टै सञ्चालनमा आउने र त्यसबाट जिल्लासहित सम्पूर्ण देशलाई लाभ पुग्ने बताए ।

उनले पाँच हजारभन्दा बढी मेगावाट बराबरको ऊर्जा उत्पादन सङ्खुवासभामा हुने भएकाले यसबाट समेत सङ्खुवासभावासीले लाभ लिने उल्लेख गरे । मन्त्री खड्काले जिल्लाको पूर्वाधार, ऊर्जा, स्वास्थ्य, सडक, सिँचाइ र सरसफाइलगायत विविध विषयमा केन्द्रित रहेर आगामी योजनाहरू स्पष्ट रूपमा प्रस्तुत गरे ।

कार्यक्रममा मन्त्री खड्काले जिल्लावासीको शिर उच्च हुनेगरी काम गरेको बताउनुभयो । ‘सङ्खुवासभावासीको शिर उच्च हुनेगरी काम गरेको छु, कुनै गलत वा कानुनविपरीत कार्य गर्दिनँ, सबै काम पारदर्शी र विधिसम्मत रूपमा अघि बढाउँछु’, मन्त्री खड्काले भने ।

मन्त्री खड्काले सडक विस्तारअन्तर्गत चतरा–लेगुवा सडक सुधार, अस्पतालमा बजेट विनियोजन, खानेपानी र सिँचाइका योजनामा कार्य अघि बढिरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष खड्ग राई, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक भक्तनारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष दिव्यराज बराल, कांग्रेस कार्यवाहक सभापति अनन्त गौली, खादबारी नगरपालिकाका प्रमुख महेश थपलियालगायत विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताको सहभागिता थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi