Skip to content

पोखरा र समृद्धि फाइनान्सबीच मर्जर सम्झौता

nabil bank

काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्स एक आपसमा गाभिने भएका छन् । दुवै फाइनान्सबीच मर्जरको सम्झौता भएको छ । पोखरा र समृद्धि फाइनान्स १ः१ अनुपातमा मर्जरमा गएका छन् ।

मर्जरसम्बन्धी सम्झौतामा समृद्धि फाइनान्सका संयोजक सुदीप घिमिरे र पोखरा फाइनान्सका संयोजक तिलबहादुर गुरुङले हस्ताक्षर गरे ।

मर्जरपछि अध्यक्ष समृद्धि फाइनान्सबाट हुनेछन् भने सञ्चालक समिति सदस्यमा समृद्धिबाट ४ जना र पोखरा फाइनान्सबाट ३ जना रहनेछन् । मर्जरपछि पोखरा फाइनान्स लिमिटेडबाट कारोबार हुनेछ भने मंसिरबाट एकीकृत कारोबार हुने जनाइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime