काठमाडौं । चक्रपथ विस्तारको दोश्रो खण्ड कलंकीदेखि सुकेधारा धोबीखोला सडक वर्षा सँगै घाँस र झार उम्रेर हरियाली भएको छ ।
सो सडक विस्तारमा ढिला गरिंदा हाल घाँस र झारले सडक छोप्नै लागेको छ । करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिए पनि प्रमुख लेन निर्माणको काम अगाडी बढ्न सकेको छैन ।
चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडी बढाए पनि बाँकी काम हुन सकेको छैन् ।
हाल कलंकीदेखि नारायणगोपाल चोकसम्म सडकको दायाँबायाँ घाँस र झारले सडक नै ढाकेको छ ।
त्यसै गरी नारायणगोपाल चोकदेखि चप्पल कारखाना सम्मको ७ सय मिटर सडक विस्तारको काम पनि निकै सुस्त गतिमा भई रहेको छ ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी ।












प्रतिक्रिया दिनुहोस्