काठमाडौं । तेह्रथुम पावर कम्पनी कम्पनीले निष्कासन गरेको हकप्रद सेयर बिक्न सकेन । कम्पनीको हकप्रद सेयर बिक्री नभएपछि आवेदन दिने समय थपिएको छ ।
कम्पनीले असार १६ गतेदेखि आजसम्मका लागि हकप्रद सेयर निष्कासन गरेको हो । माग अनुसार आवेदन नपरेपछि साउन ११ गतेसम्मका लागि समय थपिएको छ ।
कम्पनीले १ः१ अनुपातमा सेयर निष्काशन गरेको हो । कम्पनीले ४० करोड रुपैयाँको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद प्रयोजनका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको छ । जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयरमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका साथै नबिल बैंकको छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा, कुमारी बैंकको मेन्छियायम शाखाबाट आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन पश्चात ८० करोड रुपैयाँ पुग्नेछ ।
हाल कम्पनीको माछापुच्छ्रे बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकमा ९२ करोड ६१ लाख ३७ हजार ७१० रुपैयाँ ऋण छ ।
हकप्रद सेयरबाट आएको रकमबाट १६ करोड रुपैयाँ माछापुच्छ्रे बैंक, नबिल बैंकको १२ करोड र ग्लोबल आइएमई बैंकको १२ करोड भुक्तानी गर्ने जनाएको छ । हकप्रद सेयरबाट संकलन भएको रकम बैंकको ऋण भुक्तानीका लागि प्रयोग गरिने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्