Skip to content

हिमालयन बैंकमा रहेको हबिबको सेयर नेशनल लाइफले किन्ने

काठमाडौं । पाकिस्तानको हबिब बैंकको हिमालयन बैंकमा रहेको सेयर स्वामित्व नेशनल लाइफ इन्साेरेन्स कम्पनीले किन्ने भएको छ । हबिबको हिमालयन बैंकमा भएको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर नेशनलले किन्ने भएको हो ।

नेशनलले हबिबको सेयर प्रतिकित्ता ११८ .८८ रुपैयाँमा किन्ने भएको श्रोतले बतायो । हबिबले हिमालयन बैंकमा रहेको संस्थापक सेयर प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसाका दरले बिक्री सूचना जारी गरेको थियो । सोहि अनुसार आवेदकहरु मध्ये नेशनल योग्य कम्पनीमा छनोट भएको हो ।

हबिबको उक्त सेयर उक्त सेयर ३ अर्ब १६ करोड ३ लाख ६४ हजार २७० रुपैयाँमा नेशनलले किन्न लागेको हो । नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम संस्थापक सेयर खरिद गर्न पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था छ ।

बैंकका हाल कायम रहेका संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र बैंकको हेरिटज प्लाजा, कमलादी, काठमाडौं स्थित कानून विभागमा निवेदन दिनुपर्ने व्यवस्था थियो । सोही व्यवस्था अनुसार अन्य कम्पनी तथा व्यक्तिले पनि बैंकको सेयर खरिदको लागि आवेदन दिएका थिए । उक्त आवेदकहरु मध्येबाट नेशनल लाईफ छनोट भएको श्रोतले बतायो ।

हाल हिमालयन बैंकमा हबिब बैंकको १२.९३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १२.६२ प्रतिशत, एन ट्रेडिङ कम्पनीको ८.२६ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ७.६६ प्रतिशत, आभा इन्टरनेसनल प्रालिको ७.४६ प्रतिशत, छाया इन्टरनेसनल प्रालिको ५.७८ प्रतिशत, प्रदिपजंग पाण्डेको १.९८ प्रतिशत, सशिकान्त अग्रवालको १.७१ प्रतिशत, इच्छाराज तामाङको १.३६, नेशनल लाइफको १.२५ प्रतिशत स्वामित्व रहेको छ ।

एसियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको ०.७७ प्रतिशत, रिता मल्लको ०.७३ प्रतिशत, प्रभा गोयन्का भिमसरियाको ०.६७ प्रतिशत, बिजय इन्टरनेसनल प्रालिको ०.५२ प्रतिशत र अन्जु खेतानको ०.५० प्रतिशत सेयर स्वामित्व छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi