Skip to content

सेयर बजार २९०० बिन्दुनजिक, घट्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार बढेको छ । यस अघिको कारोबार दिन आइतबार सामान्य बढेको सेयर बजार मापन नेप्से सूचक सोमबार २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा पुगेको छ । सोमबार कारोबारको अन्तिम समयतिर सेयर बजारले २९०० बिन्दुमाथि छोएर फक्रिएको थियो ।

यसैगरी, आइतबारको तुलनामा सोमबार सेयर कारोबार रकम पनि उच्च अंकले घटेको छ । आइतबार २१ अर्बमाथि सेयर कारोबार भएकोमा सोमबार १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै १.९३ प्रतिशत बढेको छ। त्यस्तै, आज विकास बैंक, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

आज कारोबारमा रहेको ३ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भि इनर्जीको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यसैगरी, आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज ७५ करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। हिमालयन रि इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रकम ७५ करोड रुपैयाँ नाघेको छ । आज बुटवल पावर कम्पनीको साढे ५६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima