काठमाडौं । एनआईसी एसिया बैंकले आजबाट आफ्नो स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको छ। पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका साथ २८ वर्षअघि आजकै दिन सुरु भएको हाम्रो यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २८ औं वार्षिकोत्सव मनाउन गइरहेका छौं ।
यस दौरानमा हामीप्रति अनवरत रूपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिनुहुने हाम्रा समस्त ग्राहकहरु, नियामक निकायहरू, सेयरधनी महानुभावहरू, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहित रहँदै सादर नमन एवं धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्छौं ।
डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा हामी आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३ सय ६० शाखा कार्यालय, ६ सय ७० एटिएम, १ सय १६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ पार्टनरको रूपमा जोडिएका छौं ।






प्रतिक्रिया दिनुहोस्