Skip to content

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन, कसले दिन पाउँछ आवेदन ?

nabil bank

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी हकप्रद सेयर निष्काशन गरेको छ ।

कम्पनीले हाल कामय रहेको चुक्ता पुँजीको ३४.७८ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भन्दै जेठ ३० गते बुकक्लोज गरेको छ । जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

हाल १० कित्ता सेयर हुनेले ३.४७ कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद सेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । हकप्रद सेयरमा धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ भने मेरो सेयर मार्फत पनि आवेदन दिन सकिने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ। हकप्रद निष्कासन पश्चात २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime