Skip to content

प्रिओपन सेसनमा नेप्से २.३३ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेको छ।

सोमबार २१.७६ अंक बढेर २८९२.७२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३३ अंक बढेर २८९५.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५६ अंक बढेको छ।

मंगलबार प्रिओपन सेसनमा ६३ स्टकको १५४ पटकको कारोबारमा ५८ लाख ४० हजार ३०६ रुपैयाँ ९० पैसाबराबरको ८ हजार ८७३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi