Skip to content

डा पोखरेल ‘टेस्ला’ समूहको प्रमुख

काठमाडौं । विश्वव्यापी रुपमा व्यावसायिक सञ्जाल रहेको ‘टेस्ला’ समूहको प्रमुखमा सर्लाहीका डा शम्भु पोखरेल नियुक्त भएका छन् ।

पूर्व सञ्चारकर्मीसमेत रहेका डा पोखरेल ‘सिइओ क्लब ग्लोबल’मा आबद्ध भई व्यवस्थापन क्षेत्रमा क्रियाशील छन् । डा पोखरेलले ऊर्जा तथा प्रविधि क्षेत्रमा विश्वव्यापी रुपमा प्रतिष्ठित कम्पनी ‘टेस्ला’ कम्पनीको प्रमुखको जिम्मेवारी नेपाली नागरिकले प्राप्त गर्नु हामी सबैका लागि गौरवको विषय भएको बताए।

उनका अनुसार प्राग (चेक गणराज्य) मा अवस्थित टेस्ला समूह युरोपको पुराना तथा प्रतिष्ठित प्रविधिमा आधारित कम्पनीमध्ये एक हो । त्यस कम्पनीले ऊर्जा, अटोमेसन, इलेक्ट्रोनिक्स र औद्योगिक नवप्रवर्तनमा काम गर्दै आएको उनले जानकारी दिए ।

त्यसैगरी, उहाँ आबद्ध ‘सिइओ क्लब ग्लोबल’ व्यावसायिक हिसाबले अन्तरराष्ट्रिय रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाका रुपमा परिचित छ । डा पोखरेलका अनुसार उक्त कम्पनीले व्यावसायिक नेतृत्व, लगानी, रणनीतिक साझेदारी तथा सार्वजनिक सेयर निष्कासनमा सहजीकरण गर्दै उद्यम विकासमा योगदान पुर्याउँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi