Skip to content

चार तारे होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने

nabil bank

काठमाडौं । चितवनमा रहेको होटल सिराइचुली लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा आईपीओ निष्कासन गर्ने जनाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लािग भन्दै सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।

सम्झौतामा होटल सिराइचुलीको तर्फबाट कम्पनीका अध्यक्ष चुडामणी खनाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

पर्यटकीय नगरी चितवनको भरतपुर महानगरपालिका– १० मा रहेको अवस्थित होटल सिराइचुली चार तारे होटल हो । जसमा समकालीन आवास, मल्टिकुजिन रेष्टुरेन्ट, ३ बैक्वट हल, ५ वटा बोर्डरुम, इन्फिनिटी स्विमिङ्ग पुल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा सहित उच्चस्तरीय सुविधा सम्पन्न कोठाहरु रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime