Skip to content

६४ कम्पनीले ल्याए पौने ६० अर्बको सेयर

nabil bank

काठमाडौं । गत आर्थिक वर्षको १२ महिनामा विभिन्न ६४ कम्पनीले पौने ६९ अर्ब रुपैयाँ बराबरको आईपीओ तथा हकप्रद सेयर निष्कासन तथा बिक्री गरेका छन् ।

आव २०८१/८२ को असार २० सम्म ६४ संस्थाले ५९ अर्ब ८४ करोड ९५ लाख रकम बराबरको निष्कासन स्वीकृत प्रदान गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

सेबोनका अनुसार गत आर्थिक वर्षमा १४ संस्थाले ३ अर्ब ८३ करोड २२ लाख रुपैयाँ रकम बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गरेका छन् । यसैगरी, १७ कम्पनीले १५ अर्ब ४१ करोड रकम बराबरको हकप्रद सेयरको निष्कासन अनुमति पाएका छन् ।

यसैगरी, थप निष्कासन तर्फ चार संस्थालाई १० करोड ७३ लाख रुपैयाँ रकम बराबरको निष्कासन अनुमति प्रदान भएको छ । त्यसैगरी नौ कम्पनीहरूलाई २५ अर्ब ३० करोड रुपैयाँ रकम बराबरको ऋणपत्र निष्कासन अनुमति प्रदान गरिएको छ ।

यता अन्य २० वटा सामूहिक लगानी योजनालाई १५ अर्ब २० करोड रुपैयाँ बराबरको सामूहिक लगानी योजना निष्कासन अनुमति प्रदान गरिएको छ । आव २०८१/८२ को असार २० सम्म बोनस सेयर दर्ता तर्फ ८१ वटा संस्थाहरूको २३ अर्ब ९५ करोड १४ लाख रुपैयाँ रकम बराबरको बोनस सेयर दर्ता गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime