Skip to content

ल्हेन्देखोलाको बाढीले भन्सार यार्ड र सडकमार्गमा क्षति पुर्याएको १३ दिनपछि भन्सार प्रक्रिया पुनःसञ्चालन

nabil bank

रसुवा । ल्हेन्देखोलाको बाढीका असरले भन्सार यार्ड र सडकमार्गमा क्षति पु¥याएपछि १३ दिनसम्म रोकिएका भन्सार प्रक्रिया पुनःसञ्चालनमा आएको छ ।

भन्सार यार्डमा पार्किङ गरेर राखेका अधिकांश मालवाहक ट्रक तथा कन्टेनरलाई गत असार २४ गतेको बाढीले बगाउनुका साथै क्षति पुगेर जोगिएका माल सामान पल्टी गराई सुरक्षित ठाउँमा राखिएको र सडक सञ्चालन भएसँगै भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ पठाइएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले बताए ।

स्थानीय प्रशासनको पहलमा टिमुरेदेखि स्याफ्रुबेँसीसम्म क्षति भएको सडक मर्मत सुधार भएसँगै भन्सार प्रक्रिया पूरा गरेका ३४ वटा मालवाहक ट्रक तथा कन्टेनर एवं १९ वटा विद्युतीयकार काठमाडौँतर्फ पठाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार भने गत आवमा जाँचपास भइसकेका र चालकको अभावमा जाँचपास भए पनि भन्सार हातामै राखिएको थियो । आयातकर्ताले ढिलोगरी लाने गरेका कारण बाढीको चपेटामा परेको बताइएको छ । भन्सार जाँचपास भएका माल सामानमध्ये केही नेपालका विभिन्न भागमा निर्माणाधीन जलविद्युत् आयोजनाका भएको भन्सार कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime