Skip to content

रसियामा अवतरण गर्न केही समय अघि रडारबाट हराएको विमान दुर्घटना 

nabil bank

काठमाडौं । सियामा अवतरण गर्न केही समय अघि रडारबाट हराएको विमान दुर्घटना पुष्टि भएको छ ।करिब ५० जना यात्रु बोकेको एउटा यात्रु विमान बिहीबार रुसको सुदूर पूर्वी क्षेत्र अमुरको दुर्गम स्थानमा दुर्घटना भएको छ ।

अङ्गारा एयरलाइन्सले सञ्चालन गरेको यो दुई प्रोपेलर भएको एन्टोनोभ–२४ विमान ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डा सहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १ः०० बजे (०४०० जिएमटी) राडारबाट हराएको थियो । पछि एउटा उद्धार हेलिकप्टरले टिन्डाबाट लगभग १६ किलोमिटर (१० माइल) टाढाको जङ्गल भएको पहाडी ढलानमा जलिरहेको विमान देखेको थियो ।

रूसी अनुसन्धानकर्ताहरूले प्रकाशित गरेको भिडियोहरूमा घना, जङ्गली क्षेत्रमा विमानको भग्नावशेषबाट धुवाँको मुस्लो उडिरहेको देखिएको छ । हेलिकप्टरमा रहेका उद्धारकर्ताहरूले कुनै बाँचेकाको प्रमाण नदेखेको स्थानीय उद्धारकर्ताहरूले बताए । अमुर क्षेत्रको नागरिक सुरक्षा एजेन्सीले घटनास्थलमा स्थल टोली पठाउने बताएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime