Skip to content

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

nabil bank

काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजमले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साउन ६ गतेदेखि सेयर निष्कासन गरेको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

जसमा सर्वसाधारणका लागि १० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड २९ लाख ४० हजार रुपैयाँको ५ लाख २९ हजार ४०० कित्ता सेयर श्रम स्वीकृती लिएर रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।

आईपीओ न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा विदेशमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime