काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले रोजगारीका लागि विदेशमाजाने नेपालीलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।
लघुवित्तले सेबोनबाट जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ ।
जसमा १ हजार १५५ कित्ता सेयर कर्मचारी, ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको सेयरमध्ये २३ लाख १० हजार रुपैयाँको २३ हजार १०० कित्ता सेयर विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।






प्रतिक्रिया दिनुहोस्