Skip to content

सीजी मोटर्सको नयाँ अफर, रिडारा आरडी ६ अब ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा पाइने

काठमाडौं । सीजी मोटर्सले चीनको ‘ग्रली अटो ग्रुप’ सँगको सहकार्यमा निर्माण गरिएको इलेक्ट्रिक पिकअप रिडारा आरडी ६ का लागि नयाँ आकर्षक अफर ल्याएको छ ।

योजनाअनुसार अब ग्राहकहरूले केवल ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा यो अत्याधुनिक ईभी पिकअप खरिद गर्न सक्नेछन् । यो योजनामार्फत विद्युतीय सवारीसाधनलाई थप पहुँचयोग्य, भरपर्दो र सुविधासम्पन्न बनाउने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।

रिडारा आरडी ६ टू व्हील ड्राइभमा जडान गरिएको ६३ किलोवाटआवर क्षमतको ब्याट्री र २ सय किलोवाट पावरसहितको सिंगल इलेक्ट्रिकट मोटरले ३८५ एनएम टर्क प्रदान गर्ने जनाएको छ । यसको ड्राइभिङ रेन्ज ३७७ किलोमिटर रहेको छ । यस पिकअपमा ‘इनडिपेन्डेन्ट सस्पेन्सन’ प्रयोग गरिएको छ । नेपाली सडकका लागि थप आरामदायी र स्थिर यात्रा सुनिश्चित गरेको कम्पनीको भनाइ छ ।

यो पिकअपमा १२ सय लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक र भी२एल प्रविधि समावेश गरिएको छ, जसबाट गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिन्छ।

साथै ‘कम्फर्ट इकोनोमी अफ रोड मोड’, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट र ६६ प्रतिशत हाइ स्ट्रेन्थ स्टीलले बनेको मजबुत संरचनाले पिकअपलाई थप सुरक्षित बनाएको कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत खरिदकर्ताहरूका लागि कम्पनीले आकर्षक क्यासब्याक, निःशुल्क एसेसोरी, तीन लाखसम्मको एक्सचेन्ज टपअप बोनसलगायतका सुविधा उपलब्ध गराएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi