Skip to content

ग्रिन डेभलपमेन्ट बैंकको नाफा बढ्यो

nabil bank
काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा खुद नाफा बढेको छ ।
गत आर्थिक वर्षमा यस बैंकले ६ करोड ९४ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७९.५३ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षमा यस बैंकले ३ करोड १२ लाख १८ हजार रुपैयाँमात्र खुद नाफा कमाउन सफल भएको थियो ।
गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा पनि सुधार आएको छ । जसको कारण बैंकको नाफा तथा वितरण योग्य नाफा बढेको हो । गत आवमा बैंकको खुद ब्याज आम्दानी २० करोड २० लाख ४२ हजार रुपैयाँ रहेको छ । बैंकको यस्तो आम्दानी १७.७३ प्रतिशत बढेको हो ।
बैंकले अघिल्लो आर्थिक वर्षमा १७ करोड १६ लाख १२ हजार रुपैयाँमात्र खुद आम्दानी गरेको थियो । यसैगरी, गत आवमा बैंकले ९ करोड ८७ लाख २३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७२.७९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस बैंकको यस्तो नाफा ५ करोड ७१ लाख ३४ हजार रुपैयाँ थियो ।
बैंकको वितरण योग्य नाफा यस अवधिमा ९४.७० प्रतिशत बढेको छ । गत आर्थिक वर्षको अन्यसम्म यस बैंकले ६ करोड ७ लाख ८१ हजार रुपैयाँ वितरण योग्य नाफा कमाउन सफल भएको छ । बैंकको यस्तो नाफा अघिल्लो आर्थिक वर्षमा ३ करोड १२ लाख १८ हजार रुपैयाँ थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको अन्त्यसम्म बैंकको चुक्ता पुँजी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा ५३ करोाड ८७ लाख २२ हजार रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी गत आवमा ५.७९ प्रतिशतले बढेर ५६ करोड ९६ लाख ९८ हजार रुपैयाँ कायम भएको बैंकले जनाएको छ  । यस अवधिसम्म यस बैंकको चुक्ता पुँजी ६ करोड ५१ लाख ७८ लाख रुपैयाँ रहेको छ ।
यसैगरी, यस अवधिसम्म यस बैंकले ६ अर्ब ३७ करोड ६४ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरेर ४ अर्ब ७३ करोाड ५० लाख २० हजार रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । यस अवधिसम्म बैंकको लाभांश क्षमता १० रुपैयाँ ६७ पैसा रहेको छ ।
बैंककाे प्रतिसेयर  आम्दानी १२.१८ पैसा रहेकाे छ ।  यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ११ पैसा रहेको छ । यस अवधिसम्म यस बैंकको खराब कर्जा ३.३३ प्रतिशत रहेको छ । बैंकको गत आवसम्मको आधार दर ८.०२ प्रतिशत रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime