काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिनाले आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्ने आवश्यकता औँल्याएकी छिन् ।
आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा आयोजित ‘इमान संवादः फ्युचर अफ बैंकिङ’ छलफल कार्यक्रममा उनले उक्त कुरा बताइन् ।
उनले बैंकिङ क्षेत्रलाई आधुनिक प्रविधिमैत्री, पारदर्शी र जनता केन्द्रित बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘डिजिटल वित्तीय सेवाको द्रुत विकास र ग्राहकमैत्री प्रणालीको विकासले बैंकिङ क्षेत्रको भविष्य निर्धारण गर्नेछ ।’






प्रतिक्रिया दिनुहोस्