Skip to content

स्थानीय निकायले वाणिज्य बैंकमा खाता खोल्न राष्ट्र बैङ्कको स्वीकृति नचाइने

काठमाडौँ । अब स्थानीय तहअन्तर्गतका विभिन्न निकायहरूले वाणिज्य बैंकहरुमा खाता खोल्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ। केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले सरकारी कारोबार निर्देशका, २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम अब स्थानीय तहअन्तर्गतका समिति, बोर्ड र कोषको ग समूहको राष्ट्र बैंकबाट अनुमति प्राप्त वाणिज्य बैंकहरुमा खाता सञ्चालन गर्न थप स्वीकृति लिनु नपर्ने भएको हो। यसअघि राष्ट्र बैंक अनुमतिपछि मात्रै यस्ता खाता सञ्चालन गर्न पाइन्थ्यो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T