Skip to content

सामान्य घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ बिन्दुमा पुगेको छ ।

सोमबार सेन्सेटिभ इण्डेक्स ०.७८ अंक घटेको छ । यसैगरी, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सोमबार सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे २६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँबराबरको मात्र सेयर खरिद बिक्री भएको छ ।

सोमबार कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ । यसैगरी, आज ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२४ प्रतिशत बढेको छ। आज विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज दिन सान्भि इनर्जीको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ । यता ट्रेड टावरको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज ९२ करोड ५७ लाख ८२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज हिमालयन डिष्टिलरीको करिब ७७ करोडको सेयर खरिदबिक्री भएको छ । ङादी ग्रुप पावरको करिब ५८ करोडको सेयर किनबेच भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima