काठमाडौ । कारोबार सकिएपछि घटेको देखिएको सेयर बजार अहिले भने बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार प्रणालीमा समस्या आउँदा परिसूचक घटेको थियो । अहिले भने ७.१० अंकले बढेको नेप्सेले जनाएको छ ।
नेप्सेले भनेको छ ुकारोवार समय पश्चात परिसूचकको भारित औषत गणना गर्ने क्रममा प्राबिधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको व्यहोरा अनुरोध गर्दछौं । यसबाट सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाको लागि क्षमा प्रार्थी छौँ ।
नेप्सले आजको सेयर ७.१० अंकले बढेर २९७१.३१ विन्दु कायम भएको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्