काठमाडौं । हिमालयनले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट गरिएको छ ।
असार ३१ देखि साउन ४ गतेसम्म निष्कासन भएको एफपीओमा १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए । जसमा १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ ।
एफपीओमा मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथा मार्फत एफपीओ बाँडफाँट भएको हो । जसमा ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने ९ जनाले थप एक कित्ताका दरले ११ कित्ताका सेयर पाएका छन् ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो ।






प्रतिक्रिया दिनुहोस्