Skip to content

करिब ४ वर्ष यताकै उच्च बिन्दुमा सेयर बजार, कारोबार साढे १८ अर्ब

nabil bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेर तीन हजार बिन्दुमाथि पुगेको छ । सेयर बजार करिब ४ वर्षपछि तीन हजार बिन्दमाथि पुगेको हो । सेयर बजार यसअघि २०७८ भदौ १३ गते ३०४४.८७ विन्दुमा थियो।

मंगलबार सेयर बजार मापक नेप्से सूचक ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा पुगेको हो । आज सेयर बजार १.०३ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) जानकारी दिएको छ । आज सेन्सेटिभ इण्डेक्स ३.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक बढेको छ।

सेयर बजार दोहोरो अंकले बढेको भए तापनि आज कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। सोमबार १९ अर्ब ३६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएको १३ उपसमूह ११ उपसमूहको परिसूचक बढेको छ । बाँकी ३ उपसमूहको परिसूचक आज घटेको छ।

आज अन्य उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत बढेको छ। आज बैंकिङ लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यसैगरी, आज विकास बैंक, वित्त उपसमूह र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।

आज कारोबारमा आएको ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भि इनर्जी र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज नेपाल वेयरहाउजिङ्ग कम्पनीको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यसैगरी, माइ खोला हाइड्रोपावर र ग्रीन भेन्चर्सको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ८.६० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी उच्च स्थानमा रहेको छ। यसकम्पनीको यस दिन ६४ करोड ४१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज ग्रीन भेन्चर्सको करिब ६४ करोडको सेयर किनबेच भएको छ। यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको करिब ५७ करोडको सेयर खरिदबिक्री भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime