Skip to content

एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफको १ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले सो सेयर प्रतिकित्ता न्यूनतम २३२ रुपैयाँमै बेच्न लागेको हो। यसमा आवेदन दिँदा कम्तीमा ५ हजार कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

आज साउन १४ गतेदेखि साउन २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ। यस्तो बोलपत्र फाराम शेयर रजिष्ट्रार एनआईसी एसिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली काठमाडौंमा पाइनेछ।

साथै एनआईसी एसिया बैंकको थापाथलीस्थित रजिष्टर्ड कार्यालय, विराटनगर, मोरङ, आदर्शनगर–वीरगंज, महेन्द्रपुल–पोखरा, श्रवणपथ–बुटवल, हस्पिटल लाइन–धनगढी र विरेन्द्रनगर–सुर्खेतमा पाइनेछ।

संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीद प्रस्ताव गरिसकिएकाले अब यसमा इच्छुक सबै लगानीकर्ताले आवेदन दिन सक्ने बैंकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima