Skip to content

आरम्भ चौतारी लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्तो छ ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय कम्पनीको नाफामा उच्च दरको सुधार भएको छ । गत आर्थिक वर्ष २०८१–८२ मा यस कम्पनीको खुद नाफा बढेर ९ करोड ४४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०८०–८१ मा यस कम्पनीको नाफा ६ लाख ६० हजार रुपैयाँ थियो।

कम्पनीले आफ्नो कर्जा असुली सुधार गरेर प्रोभिजनिङ राइट ब्याक गर्दा खुद नाफा उच्च अंकले बढेको हो । यस कम्पनीको आवमा ४.२१ प्रतिशत रहेको खराब कर्जा घटेर २.१३ प्रतिशतमा आएको छ। जसको समारात्मक प्रभाव खुद नाफामा परेको हो ।

गत आवमा यस कम्पनीले ३७ करोड २ लाख ६५ हजार रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । यस कम्पनीको यस्तो आम्दानी ३१.८९ प्रतिशत बढेको कम्पनीले जनाएको छ । अघिल्लो आवमा यस्थो आम्दानी २८ करोड ७ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

यसैगरी, गत आवमा यस कम्पनी सञ्चालन नाफा १३ करोड ४८ लाख ८३ हजार रुपैयाँ छ । यस्तो आम्दानी अघिल्लो आवमा १ करोड ३० लाख १८ हजार रुपैयाँमात्र थियो ।

गत आवमा यस कम्पनीको चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको छ भने यसको जगेडा कोषमा २० करोड ६२ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब २५ करोड ४१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ३१ करोड ५२ रुपैयाँ कर्जा लगानी गरेको छ।

यस कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २५ रुपैयाँ ५३ पैसा बढेर २५ रुपैयाँ ७२ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.२८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima