काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले कम्पनीले विभिन्न हाइड्रोपावरमा लगानी गरेको र त्यसको आईपीओ निष्कासन भएपछि राम्रो लाभांश दिने बताएका छन् ।
सीईओ श्रेष्ठले कम्पनीको बार्षिक साधारणसभामा होटल, एयरलाइन्स, र हाइड्रोपावर कम्पनीमा लगानी गरेको जानकारी गराए ।
उनका अन्सार बीमा प्राधिकरणको लगानि निर्देशिका बमोजिम लगानी विविधिकरण गरेको हो । कम्पनीले लगानी गरेको होटल, एयरलाइन्स र हाइड्रोपावरले आईपीओ जारी गर्ने बताए ।
आईपीओ जारी पश्चात कम्पनी मजबुत भई भविष्यमा कम्पनीहरुको आर्थिक गतिविधिमा वृद्दि भइ व्यवसाय विस्तारमा गति लिने उनको दाबी छ ।
हाइड्रोपावर कम्पनिमध्ये एउटाले आईपीओ निष्कासन प्रकृया सुरु गरिसकेको र अर्को एउटाले निकट भविश्यमा आईपीओ निष्कासन गर्ने उनको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्