काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ४७.९३ अंक घटेर २९५४.१४ विन्दुमा झरेको हो। नेप्से परिसूचकसँगै आज सेन्सेटिभ इण्डेक्स १०.७५ अंक, फ्लोट इण्डेक्स ३.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७४ अंक घटेको छ।
मंगलबारकाे तुलनामा आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे १८ अर्बको सेयर खरिदबिक्री भएको सेयर बजारमा आज १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये १ उपसमूहको मात्र परिसूचक बढेको छ। बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। आज अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो । लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.२८ प्रतिशत घटेको छ। यसैगरी, विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
आज कारोबार भएको सान्भि इनर्जी र ट्रेड टावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । आज कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ८.०४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि-इन्स्योरेन्स उच्च स्थानमा रहेको छ। सो कम्पनीको आज १ अर्ब ३२ करोड १२ लाख रुपैयाँबराबरको सेयरकारोबार भएको छ। आज हिमालयन डिष्टिलरीको ७३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।






प्रतिक्रिया दिनुहोस्