Skip to content

बैंकका अध्यक्षहरूसँग गभर्नरको छलफल सकियो, यस्तो भयो छलफल 

nabil bank
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार वाणिज्य बैंकका अध्यक्षहरूसँग छलफल गरेका छन् । मंगलबार प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेका गभर्नरले आज अध्यक्षहरूसँग सोल्टी होटेलमा छलफल गरेका हुन् ।
गभर्नरले मुख्य एजेन्डामा वित्तीय क्षेत्र विकास रणनीतिलाई राखेर छलफल गरेको एक  बैंकका अध्यक्षले लगानी न्युजलाई जानकारी दिए । ‘ गभर्नरले वित्तीय क्षेत्र विकास रणनीति यस्तो छ भनेर भन्नु भएको छैन । तर, यसलाई कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो’ उनले भने । गभर्नरले राखेको उक्त एजेन्डा सकारात्मक रहेको र त्यसमा बैंकिङ क्षेत्रले काम गर्ने उनले बताए ।
यसैगरी,  गभर्नरले अध्यक्ष्यहरुसँग बुधवारको छलफल बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन विषयमा पनि छलफल गरेको छन् ।  गभर्नर बैंकमा अध्यक्षलाई बाफियाको विषय कसरी कार्यान्वयन गर्न सकिन्छ ? यसमा बैंकहरुको योजनामा के छ ? भन्ने प्रश्न राखेका थिए । यसमा बैंकहरुले आफ्नो ‘पोजिसन’ को बारेमा बताए ।
यसैगरी, राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रभावकारिताको विषयमा पनि छलफल भएको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा बैंकिङ क्षेत्र सकारात्मक रहेको र त्यसको कार्यान्वयनमा बैंकहरुले राष्ट्र बैंकलाई सहयोग गर्ने अध्यक्ष्यहरुको प्रतिबद्धता रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime